काठमाडौं । ऐन महरले सरकारप्रति प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले केपी शर्मा ओली र रमेश लेखक माथि गरिएको व्यवहारलाई संकेत गर्दै वर्तमान नेतृत्वलाई भविष्य सम्झन आग्रह गरे।
प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन किराती तर्फ लक्षित टिप्पणी गर्दै उनले “प्रतिशोधको डोको आफ्नै लागि सुरक्षित राख्नुपर्ने” अवस्था नआउने गरी काम गर्न सुझाए।
लोकतन्त्र बलियो बनाउन पूर्वाग्रह र बदला भावनालाई त्याग्नुपर्ने उनको भनाइ थियो।


