पर्सा — त्रिभुवन आर्मी क्लब ले प्रधानमन्त्री कपमा कर्णाली प्रदेश लाई १३८ रनले पराजित गरेको छ।
आर्मीका अर्जुन साउद ले १२१ रनको शतकीय पारी खेलेपछि आर्मीले २६८ रन बनाएको थियो।
जवाफमा कर्णाली १३० रनमै समेटिँदै ठूलो हार बेहोरेको हो। अर्जुन साउद ‘म्यान अफ द म्याच’ घोषित भए।


