काठमाडौँ — सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटी ले सर्वोच्च अदालत मा रिट दायर गरेको छ।
उक्त निर्णयले अभिव्यक्तिको स्वतन्त्रता कमजोर बनाउने भन्दै चुनौती दिइएको हो। अदालतले रिटको प्रारम्भिक सुनुवाइ मंगलबारका लागि तोकेको छ।


