Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर मालपोतको काम ठप्प, भू–सेवा व्यवसायीको विरोध

विराटनगर मालपोतको काम ठप्प, भू–सेवा व्यवसायीको विरोध

विराटनगर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, विराटनगर इकाई ले भू–सेवा बन्द गरेपछि विराटनगर मालपोत कार्यालयको कामकाज करिब ९५ प्रतिशत ठप्प भएको छ।

व्यवसायीहरूले राज्यबाट अवैध धरपकड र अपमानित व्यवहारको विरोधमा सेवा रोक्ने निर्णय गरेका हुन्। उनका अनुसार, अनुमति र धरौटी लिएर कानुनसम्मत रूपमा काम गरिरहँदा पनि पेशागत सुरक्षाको प्रत्याभूति नभएको कारण कार्यालयमा सेवा दिन नसकिएको हो।

यो बन्दका कारण जग्गा कारोबार, नामसारी, रोक्का–फुकुवा लगायतका मुख्य प्रशासनिक कार्य प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *