Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारको आह्वान: वर्क फ्रम होम र विद्युतीय सवारी बढाउन, इन्धनमा जोर–बिजोर संकेत

सरकारको आह्वान: वर्क फ्रम होम र विद्युतीय सवारी बढाउन, इन्धनमा जोर–बिजोर संकेत

काठमाडौं । सरकारले पेट्रोलियम आपूर्ति संकटको बीच नागरिकलाई ‘वर्क फ्रम होम’ अपनाउन र विद्युतीय सवारी प्रयोग बढाउन आह्वान गरेको छ। आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने संकेत पनि दिएको छ।

प्रतिभा रावल का अनुसार पछिल्लो १५ दिनमा इन्धन खपत बढ्दा सरकारलाई करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भएको छ।

सरकारले उच्च पदस्थको इन्धन कोटा कटौती, सार्वजनिक बिदा घोषणा र भन्सार करमा ५० प्रतिशत छुट दिने तयारी गरिसकेको छ। दीर्घकालीन रूपमा ऊर्जा बचत र विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिइने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *