काठमाडौँ — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण गौतमसहित दुई जना सदस्य ललितकुमार महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत भएको छ।
सहकारी, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलका अनुसार, मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरुको राजीनामा अनुमोदन गरेको हो। उनीहरु २०८१ वैशाख २० मा दुई वर्षका लागि नियुक्त भएका थिए, तर कार्यकाल पूरा नहुँदै राजीनामा दिएका हुन्।


