Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुखमा दाबी रहने: नेकपा संयोजक

उपसभामुखमा दाबी रहने: नेकपा संयोजक

काठमाडौं, चैत २४ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा कार्य संयोजन समितिको बैठकमा सहभागी हुँदै प्रचण्डले सञ्चारकर्मीहरूलाई भने, “उपसभामुखमा हाम्रो दाबी हुन्छ, तर अहिलेसम्म मेरो रास्वपासँग त्यस्तो कुनै कुरा भएको छैन।”

उपसभामुख पदका लागि कांग्रेस, श्रम संस्कृति र राप्रपाले पनि दाबी प्रस्तुत गरेका छन्। सभामुखमा भने रास्वपाका डिपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *