काठमाडौं — प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले कानुन व्यवसायीलाई सिंहदरबारमा निर्बाध प्रवेशको व्यवस्था गर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले नागरिक एपमार्फत पास अनिवार्य गर्ने व्यवस्था हटाउन आग्रह गरेका हुन्।
प्रवेशमा कडाइका कारण कानुन व्यवसायीलाई विभिन्न निकायमा काम गर्न कठिनाइ भएको भन्दै नेपाल बार एसोसिएसनले पनि सोही विषयमा प्रधानमन्त्रीलाई पत्र पठाएको छ।


