नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन्।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरेको कार्यदलले आङ्देम्बेकै नाममा सहमति जुटाएको हो। कार्यदलले यस निर्णयले पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको बताइएको छ।
समानुपातिक सांसद आङ्देम्बे र अर्जुननरसिंह केसी दुवै आकांक्षी भए पनि अन्ततः आङ्देम्बेलाई सर्वसम्मत बनाउने सहमति भएको हो।


