Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भारतीय सवारीका कारण नेपाली व्यवसायी संकटमा : सांसद डाँगी

भारतीय सवारीका कारण नेपाली व्यवसायी संकटमा : सांसद डाँगी

काठमाडौं — रास्वपा सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनका कारण नेपाली यातायात व्यवसायी र चालकहरू संकटमा परेको बताएकी छन्।

उनका अनुसार ‘डे पास’को दुरुपयोग गर्दै भारतीय सवारी नेपालमै लामो समय सञ्चालन हुँदा भन्सार राजस्वमा क्षति र दुर्घटनामा क्षतिपूर्ति पाउन समस्या भइरहेको छ।

डाँगीले सीमा क्षेत्रमा कडाइका साथ अनुगमन, डे पास दुरुपयोग रोक्न र नेपाली व्यवसायीको संरक्षण गर्न सरकारसँग माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *