काठमाडौँ – नेपाली कांग्रेस सभापति गगनकुमार थापाले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट आफ्नो पक्षमा नभएको भन्दै सर्वोच्च अदालतमा जवाफ पेश गरेका छन्।
जवाफमा थापाले भनेका छन् विशेष महाधिवेशन बाध्यात्मक अवस्थामा आयोजित भएको र त्यसले नयाँ केन्द्रीय कार्यसमितिको गठन वैधानिक रूपमा सम्पन्न गरेको छ। देउवा–खड्कालाई रिट दायर गर्ने अधिकार नभएको, पार्टी विधान र संविधान अनुसार महाधिवेशन सर्वोच्च निकाय भएको र यसको निर्णय चुनौती दिन नसकिने उल्लेख गरिएको छ।
थापासँगै उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदिप पौडेलले पनि समान तर्कसहित अदालतमा जवाफ पेश गरेका छन्।


