काठमाडौँ– इजरायलले लेबनानको हिजबुल्लाहमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग पुनः बन्द गरेको छ। यसले अमेरिका–इरानबीचको युद्धविराम सम्झौता अनिश्चित बनेको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले युद्धविराममा लेबनान समावेश भएको बताए पनि ट्रम्प र नेतन्याहूले अस्वीकार गरेका छन्। पाकिस्तानको मध्यस्थतामा भोलि इस्लामाबादमा वार्ता हुने भनिएको छ।


