प्रतिनिधिसभा निर्वाचन सकिएको दुई साता बित्दा पनि कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। अर्जुननरसिंह केसीले आफ्नो दाबी नछाड्दा सभापति गगन थापा अप्ठ्यारोमा परेका छन्।
पार्टी पदाधिकारीहरूले केसीलाई दाबी छाड्न आग्रह गरे पनि उनले असन्तुष्टि जनाएका छन्। सभापति थापाले संस्थापन पक्षको भीष्म आङदम्बेलाई सर्वसम्मतिमा नेता बनाउन खोजिरहेका छन्। सर्वसम्मति नभए चुनावबाट नेता चयन गर्ने तयारी सुरु गरिएको छ।
युवा सांसदलाई अवसर दिनुपर्ने आवाज पनि पार्टीभित्र उठ्न थालेको छ। युवा नेता र कार्यकर्ताहरूले युवा प्रतिनिधित्व बढाएर समाजमा सकारात्मक सन्देश पठाउनुपर्ने माग गरेका छन्।


