भैरहवा – रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा जुवा खेलिरहेको आरोपमा ६ नेपाली नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार सर्लाहीका मुकेशकुमार श्रेष्ठ र ललितपुरका अजय केसी जुवा खेलाउने आरोपमा, बुटवलका गोविन्द शर्मा, वासुदेव गौतम, कृष्ण गौतम र चन्द्रप्रसाद श्रेष्ठ जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
क्यासिनोबाट करिब २ लाख २० हजार रुपैयाँ नगद, १ लाख २५ हजार मूल्यका क्यासिनो क्वाइन, ६ मोबाइल र ७ गड्डी तास बरामद गरिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


