काठमाडौँ — उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका लागि रोक्ने अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले निवेदकको माग बमोजिम आदेश जारी गरेको हो। आगामी आइतबार र सोमबार हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन हुने तयारी भएको थियो।


