काठमाडौँ — सरकारले नयाँ शैक्षिक सत्र २०८३ को भर्ना र विद्यालय सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचनाअनुसार, भर्ना अभियान वैशाख १५ देखि सुरु हुनेछ भने नियमित पठनपाठन वैशाख २१ देखि सञ्चालन हुनेछ।
मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारी कार्यालयसँगै सबै शैक्षिक संस्था पनि हप्तामा शनिबार–आइतबार दुई दिन बिदा पाउने छन्।
केन्द्रले विद्यालयलाई वैशाख २ देखि शैक्षिक योजना निर्माण, वार्षिक कार्यतालिका तयार पार्ने, शिक्षक क्षमता विकास, विद्यार्थी सिकाइ सुधार जस्ता गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ।


