काठमाडौं — प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरामाथि सुन तस्करी प्रकरणमा ‘गैरकानुनी लाभ लिने मतियार’को आरोप लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा र उनका छोरा राहुलसहित १४ जनालाई प्रतिवादी बनाएर करिब ७.७८ करोड रुपैयाँ गैरकानुनी लाभ लिएको दाबी गरेको छ। उनीहरू भन्सार कर्मचारीसँग मिलेमतो गरी भेपमार्फत लुकाइछिपाइ सुन ल्याउने र छुटाउने कार्यमा संलग्न रहेको आरोप छ।
कानुनअनुसार दोषी ठहर भए महरालाई अधिकतम ८–१० वर्षसम्म कैद र जरिवाना हुन सक्छ।


