Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ४० वर्षमा वडाध्यक्ष केसीद्वारा एसईई परीक्षा

४० वर्षमा वडाध्यक्ष केसीद्वारा एसईई परीक्षा

सल्यानको दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसी ४० वर्षको उमेरमा एसईई परीक्षा दिइरहेका छन्। पढाइ बीचमै छोडेका उनले राजनीतिमा सक्रिय भएपछि शिक्षाको आवश्यकता महसुस गर्दै पुनः कक्षा १० मा भर्ना भएर परीक्षा दिएका हुन्।

२० वर्षअघि पढाइ छाडेर भारत र मलेसियामा रोजगारी गरेका केसी अहिले जनप्रतिनिधि बनेपछि अध्ययनतर्फ फर्किएका छन्। “पढाइ बिना राजनीति प्रभावकारी हुँदैन,” भन्दै उनले आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिने बताएका छन्।

उनको प्रयासले उमेरले शिक्षा नछेक्ने सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *