Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेपाल टेलिकममा ‘सब्स्क्रिप्सन मोडल’ लागू गर्ने तयारी

नेपाल टेलिकममा ‘सब्स्क्रिप्सन मोडल’ लागू गर्ने तयारी

काठमाडौं। नेपाल टेलिकमले मोबाइल सेवामा ‘सब्स्क्रिप्सन मोडल’ लागू गर्ने निर्णय गरेको छ। यो प्रणाली लागू भएपछि ग्राहकले आफूलाई आवश्यक पर्ने प्याकेज एकपटक सक्रिय गरेपछि स्वतः नवीकरण हुने सुविधा पाउनेछन्।

सेवा प्रदायकहरूका अनुसार यो मोडलले कम्पनीको आम्दानी सुनिश्चित गर्न र नयाँ प्रविधिमा लगानी गर्न सहयोग गर्नेछ। तर विज्ञहरूले न्यून आय भएका प्रयोगकर्तालाई मासिक निश्चित शुल्कको बोझ पर्न सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्।

दूरसञ्चार प्राधिकरणले भने नयाँ मोडालिटी र महसुल दर अध्ययनपछि मात्र स्वीकृति दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *