Friday, June 05, 2026
Home > आर्थिक समाचार > राष्ट्र बैंकले १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

बोलकबोलमार्फत गरिने यो प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।

आर्थिक गतिविधि सुस्त र कर्जा प्रवाह कम हुँदा बैंकहरूमा तरलता बढेपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *