काठमाडौं — वैदेशिक रोजगार विभागले आफ्नो कार्यालय वरपर राखिएका भ्रम सिर्जना गर्ने होर्डिङ बोर्ड, फ्लेक्स र भित्तेलेखन हटाउन निर्देशन दिएको छ।
शुक्रबार जारी सूचनामा विभागले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृति हुन्छ’ जस्ता सन्देशसहितका प्रचार सामग्रीले सेवाग्राहीलाई भ्रममा पार्ने भन्दै ती सबै सामग्री चैत ३० भित्र हटाउन सम्बन्धित व्यवसायी, साइबर तथा संस्थालाई निर्देशन दिएको हो।
विभागका अनुसार श्रम स्वीकृतिसम्बन्धी सेवा कानुनअनुसार विभाग र तोकिएका कार्यालयबाट मात्र हुने भएकाले यस्ता भ्रामक प्रचारले बिचौलियाको गतिविधि बढाउने गुनासो आएको छ।


