धनकुटामा बसोबास गर्ने किराँत आठपहरिया समुदायले आफ्नो मुख्य र वर्षको पहिलो ठूलो पर्व ‘बिशु’ (बैशाखे चाड) मनाउन सुरु गरेका छन्। यस अवसरमा पुर्खाहरूको सम्झनामा पितृपूजा गर्ने र आत्माको शान्तिका लागि विशेष पूजा गरिन्छ।
बिशुका बेला बिहीबारे हाटस्थित मार्गाथानमा भूमिपूजा र धार्मिक अनुष्ठान गर्ने परम्परा छ। करिब ६ हजार जनसंख्या रहेको यो समुदायले आफ्नो मौलिक संस्कृति जोगाउँदै पर्वलाई उत्साहका साथ मनाउने गर्छ।


