काठमाडौं — साउदी अरेबियामा अवैध रूपमा बसिरहेका ६२ नेपालीले ‘एक्जिट भिसा’ पाएका छन्। रियादस्थित नेपाली दूतावासको पहलमा उक्त भिसा जारी गरिएको हो।
दूतावासले भिसा पाएका नेपालीलाई यथाशीघ्र नेपाल फर्कन आग्रह गरेको छ। मोबाइलमा म्यासेज आइसकेकाले विमानस्थलमा त्यही देखाउँदा पुग्ने जनाइएको छ।
एक्जिट भिसा निःशुल्क भए पनि हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्नेछ। साथै, टिकट काट्नु अघि पासपोर्ट वा ट्राभल डकुमेन्ट नम्बर मिलेको सुनिश्चित गर्न दूतावासले अनुरोध गरेको छ।


