भक्तपुर। सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको बिस्केट (बिस्का:) जात्रा आजदेखि सुरु भएको छ। पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानातानसँगै जात्रा आरम्भ गरिएको हो।
९ दिन ८ रातसम्म चल्ने यस जात्रामा रथ तान्ने, यसींद्यो (लिङ्गो) उभ्याउने र विभिन्न धार्मिक अनुष्ठान मुख्य आकर्षण रहनेछन्।
जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।


