काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता, कार्यकर्ता र सांसदहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ।
संसदीय दलको बैठकले मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा भीड नगर्न आग्रह गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
साथै, जनसम्पर्कका लागि हरेक दिन एक सांसद र एक केन्द्रीय सदस्य पार्टी कार्यालयमा रहने व्यवस्था पनि गरिएको छ।


