प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्दै श्रम र उद्योग मन्त्रालयमा दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।
श्रममन्त्रीमा रामजी यादव र उद्योगमन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको छ। उनीहरूको शपथ ग्रहण आजै हुने तयारी भए पनि समय भने अझै तय भएको छैन।
यसअघि श्रम मन्त्रालय सम्हालिरहेका दीपक साहलाई पदमुक्त गरिएको थियो भने उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए।

