श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा कुनै हस्तक्षेप भए प्रतिकार गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभामा उपसभामुखका लागि प्रस्ताव राख्दै उनले पार्टीले सबै नेपालीलाई एकतामा बाँध्ने लक्ष्य लिएको बताए। साथै, आफूहरूले विरोध होइन, सही दिशामा खबरदारी गर्दै आएको स्पष्ट पारे।


