काठमाडौं, २७ चैत – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले आफू दार्चुला भ्रमणका क्रममा भावुक भएको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले दार्चुलाको व्यास क्षेत्रको दुर्गम अवस्था देखेर आफू रोएर फर्किएको बताए।
उनले बाटो अभावका कारण स्थानीयले तुइनमार्फत महाकाली नदी तर्ने जोखिमपूर्ण अवस्था रहेको उल्लेख गर्दै सरकारलाई तत्काल ध्यान दिन आग्रह गरे। साथै, उनले सम्बन्धित मन्त्रीहरूलाई पनि क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन्।


