काठमाडौं — स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार सुन तोलामा २०० रुपैयाँले बढ्दै २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार सुन २ लाख ९६ हजार ९०० रुपैयाँ र चाँदी ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।


