Friday, June 05, 2026
Home > स्थानीय समाचार > कैलालीमा जिप–मोटरसाइकल ठक्कर, एक जनाको मृत्यु

कैलालीमा जिप–मोटरसाइकल ठक्कर, एक जनाको मृत्यु

धनगढी — कैलालीको कैलारी गाउँपालिका–१ हुलाकी राजमार्गमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका–१९ का २२ वर्षीय राम मिलन चौधरी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको नेपाल प्रहरी ले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *