एजेन्सी — शिशिर खनाल ले हिमाल र समुद्रको भविष्य आपसमा गहिरो रूपमा जोडिएको बताएका छन्।
मौरिसस मा आयोजित हिन्द महासागर सम्मेलनमा उनले जलवायु परिवर्तनका कारण हिमालका हिउँ पग्लिनु र समुद्री सतह बढ्नुले दुवै क्षेत्रलाई जोखिममा पारेको बताए।
उनका अनुसार नयाँ नेतृत्वको प्राथमिकता सुशासन र तीव्र आर्थिक वृद्धि हो भने नेपालले प्रतिव्यक्ति आय र जीडीपी दोब्बर बनाउने लक्ष्य राखेको छ।
साथै, पश्चिम एसियाको द्वन्द्वले नेपाली श्रमिक र अर्थतन्त्रमा पार्ने असरप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।


