Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत अवस्थामा फेला

पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत अवस्थामा फेला

जनकपुर — धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।

१८ वर्षीय महमद आयन कमडको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहान करिब ४० मिटर गहिराइबाट फेला पारेको हो।

उनी पिकनिकका क्रममा खोलामा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजीपछि शव भेटिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *