Friday, June 05, 2026
Home > आर्थिक समाचार > ठेक्काको मिति संशोधन गर्न सबै कार्यालयलाई निर्देशन

ठेक्काको मिति संशोधन गर्न सबै कार्यालयलाई निर्देशन

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालय ले सबै सार्वजनिक निकायलाई ठेक्का तथा बोलपत्रका अन्तिम मिति संशोधन गर्न निर्देशन दिएको छ।

सरकारले आइतबार समेत सार्वजनिक बिदा दिने निर्णय गरेपछि बिदाको दिन अन्तिम मिति पर्ने ठेक्काहरू स्वतः प्रभावित भएकाले म्याद संशोधन गर्न भनिएको हो।

कार्यालयले बोलपत्र, आशयपत्र र दरभाउपत्रका अन्तिम मिति सार्वजनिक बिदा नपर्ने गरी मिलाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *