काठमाडौँ । सरकारले आगामी बजेट अधिवेशनका लागि नयाँ ‘बजेट क्यालेन्डर’ तयार गरेको छ। अबदेखि सरकारको नीति तथा कार्यक्रम संसदमा पेस भएपछि मात्रै प्रि–बजेट छलफल गर्ने व्यवस्था लागू हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्। सरकारले वैशाख २०–२२ भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।
त्यसपछि मात्र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) छलफल हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैशाख २७ वा २८ गते प्रि–बजेट प्रस्तुत गर्ने तयारी छ।
अन्ततः आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट जेठ १५ गते संसदमा पेस गरिनेछ।
सरकारले स्थिर संसदीय अभ्यास कायम राख्दै बजेट निर्माण प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य लिएको छ।


