राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान समिति भंग गरी निष्पक्ष संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ। महामन्त्री धवलशमशेर राणा पक्षधरको बैठकले एक साताभित्र महाधिवेशन मिति घोषणा गर्न पनि आग्रह गरेको छ। असन्तुष्ट पक्षले पार्टीको कार्यकाल सकिएको र निर्वाचन परिणामको समीक्षा नभएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएको छ। उपसभामुख उम्मेदवारीबारे पनि पार्टीभित्र छलफल नभएको भन्दै असन्तुष्टि जनाएको छ।


