Friday, June 05, 2026
Home > स्थानीय समाचार > बैतडीमा २१ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

बैतडीमा २१ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट सशस्त्र प्रहरीले करिब रु २१ लाख ८ हजार बराबरका अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छली गरी ल्याइएका २३ क्विन्टल चिनी, ५ क्विन्टल मिश्रीसहित अन्य किराना सामग्री फेला परेको प्रहरीले जनाएको छ। सामान ओसारपसारमा प्रयोग भएका बोलेरो पिकअप र ट्याक्टरसमेत नियन्त्रणमा लिइएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *