काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ‘सप्राइज चेकिङ’ अभियानअन्तर्गत एकै दिन १०१ जना सवारी चालकलाई कारबाही गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना, रातो बत्ती उल्लंघन गर्ने २ जना र लेन अनुशासन तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९४ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मापसे र लापरबाहीपूर्ण ड्राइभिङले सडक प्रयोगकर्ताको जीवन जोखिममा पार्ने भएकाले कडाइ गरिएको हो। प्रहरीले यात्रुहरूलाई पनि शंका लागेमा १०३ वा १०० मा खबर गर्न आग्रह गरेको छ।


