उदयपुरको बेलका नगरपालिका–६ स्थित वाबुङला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले गए राति उनीहरूलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


