Friday, June 05, 2026
Home > स्थानीय समाचार > उदयपुरमा दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

उदयपुरमा दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

उदयपुरको बेलका नगरपालिका–६ स्थित वाबुङला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले गए राति उनीहरूलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *