काठमाडौं । संयुक्त राज्य अमेरिका ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
प्रारम्भिक कारोबारमै अमेरिकी क्रुड करिब ८ प्रतिशतले बढेर १०४ डलर र ब्रेन्ट क्रुड ७ प्रतिशतले बढेर १०२ डलर प्रतिब्यारेल पुगेको छ।
हर्मुज जलडमरू जस्तो महत्वपूर्ण तेल मार्गमा असर पर्ने भएकाले विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा थप दबाब पर्ने चिन्ता बढेको छ।


