Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार

माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको जग्गा अनियमितता प्रकरणमा उनीमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा मन्त्रिपरिषद् निर्णयमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री–सट्टापट्टा अनुमति दिएको आरोप उनीमाथि लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *