विराटनगर । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि यसको पारदर्शिता र विश्वसनीयताबारे बहस चर्किएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्पत्ति विवरण मात्र होइन, त्यसको स्रोत पनि स्पष्ट रूपमा खुलाउनुपर्ने बताएका छन्। स्रोत नखुलाएसम्म पारदर्शिता अपूरो रहने उनको भनाइ छ।
सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात र सुनचाँदी देखिए पनि आम्दानीको स्रोत स्पष्ट नभएकामा आलोचना भइरहेको छ। सरोकारवालाहरूले वास्तविक पारदर्शिताका लागि आय स्रोत, कर विवरण र लगानी खुलाउनुपर्ने माग गरेका छन्।


