Friday, June 05, 2026
Home > स्थानीय समाचार > जुम्लामा स्याउ बगैंचामा आगलागी, ३ सय विरुवा नष्ट

जुम्लामा स्याउ बगैंचामा आगलागी, ३ सय विरुवा नष्ट

गुठिचौर गाउँपालिका–३ धापाखेतमा आइतबार दिउँसो स्याउ बगैंचामा आगलागी हुँदा करिब ३०० विरुवा नष्ट भएका छन्। बगैंचा स्थानीय किसान हरिबहादुर भण्डारीको हो।

आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि आगलागीको कारण खुल्न सकेको छैन।

फल लाग्ने तयारीमा रहेका स्याउका विरुवा जलेपछि किसानलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *