काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ले देश सधैँ विकल्पको खोजीमा लाग्दा ‘प्रयोगशाला’ बनेको टिप्पणी गरेका छन्। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा जारी सन्देशमा उनले स्थिरता र निरन्तरताको अभावले राष्ट्रको प्रगति प्रभावित भएको बताएका छन्। युवापिँढीको सहभागिता सकारात्मक भए पनि बारम्बारको प्रयोग र परिवर्तनले अपेक्षित उपलब्धि नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।


