Friday, June 05, 2026
Home > खेलकुद समाचार > विराट गोल्डकप : सम्राट स्पोर्टिङको पहिलो खेलमै भारतीय चुनौती

विराट गोल्डकप : सम्राट स्पोर्टिङको पहिलो खेलमै भारतीय चुनौती

विराटनगर — ३८औँ विराट गोल्डकपअन्तर्गत आज सम्राट स्पोर्टिङ क्लबले भारतको बिरसा मुन्डा स्पोर्ट्स एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्दैछ। सहिद रंगशालामा साँझ ६ बजे सुरु हुने खेल सम्राटका लागि प्रतियोगितामा पहिलो सहभागिता हो।

जिल्ला लिग विजेता सम्राट घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनको लक्ष्यमा छ भने भारतीय टोलीसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। यसअघि नेपाल पुलिस क्लब मछिन्द्रलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *