काठमाडौं — सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानहरूले असन्तुष्टि जनाएका छन्।
सरकारले प्रतिक्विन्टल ३,९४५ रुपैयाँ मूल्य तोके पनि उत्पादन लागतसमेत नउठ्ने किसानहरूको गुनासो छ।
खरिद प्रक्रिया ढिलो र कोटा नतोकिँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँ नकिन्दा किसान थप समस्यामा परेका छन्।


