काठमाडौं — सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव अघि सारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामार्फत प्रशासनिक सुधार गर्दै मन्त्रालय संख्या घटाउने योजना सार्वजनिक गरेको हो।
मस्यौदामा प्रशासनिक पुनर्संरचना, समन्वय मजबुत बनाउने र पाँच वर्षभित्र २५% नयाँ जनशक्ति भित्र्याउने लक्ष्य पनि उल्लेख गरिएको छ।


