काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक गर्दै एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम विकासलाई प्राथमिकता दिएको छ ।
मस्यौदाअनुसार राजमार्ग, जलमार्ग र विमानस्थललाई आपसमा जोडेर आधुनिक यातायात सञ्जाल निर्माण गरिनेछ। साथै, महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने योजना पनि समावेश गरिएको छ । भारतसँग अन्तर्देशीय जलमार्गको पहुँच विस्तार गर्ने र चीनसँग पारवहन सम्झौताअनुसार सामुद्रिक बन्दरगाह उपयोग गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।त्यसैगरी उत्तर–दक्षिण लोकमार्ग विस्तार, आयोजनामा नतिजामुखी कार्यशैली (मिशन मोड) कार्यान्वयन र विकास आयोजनामा राजनीतिक पहुँचका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता मस्यौदामा उल्लेख छ ।सरकारले ६ प्रमुख दलका घोषणापत्र र प्रतिबद्धताहरू समेटेर यो ‘राष्ट्रिय प्रतिबद्धता’ तयार पारेको हो।


