Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > लेबनानमा आक्रमण: २४ घण्टामा ३५ जनाको मृत्यु

लेबनानमा आक्रमण: २४ घण्टामा ३५ जनाको मृत्यु

लेबनानमा पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिणी र पूर्वी क्षेत्रमा भएका हमलामा दर्जनौँ घाइते भएका छन्।

इजरायलले इरान समर्थित हिजबुल्लाहलाई लक्षित गर्दै करिब ६ सातादेखि सैन्य कारबाही जारी राखेको छ। मार्च २ यता मात्रै आक्रमणमा २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

यसबीच, दक्षिण लेबनानमा इजरायली सेनाका केही सैनिक पनि घाइते भएका छन्।

मानवीय संस्थाहरूले नागरिक क्षेत्र र स्वास्थ्य संस्थामाथि आक्रमण भएको भन्दै चिन्ता व्यक्त गर्दै तत्काल रोक्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *