लेबनानमा पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिणी र पूर्वी क्षेत्रमा भएका हमलामा दर्जनौँ घाइते भएका छन्।
इजरायलले इरान समर्थित हिजबुल्लाहलाई लक्षित गर्दै करिब ६ सातादेखि सैन्य कारबाही जारी राखेको छ। मार्च २ यता मात्रै आक्रमणमा २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
यसबीच, दक्षिण लेबनानमा इजरायली सेनाका केही सैनिक पनि घाइते भएका छन्।
मानवीय संस्थाहरूले नागरिक क्षेत्र र स्वास्थ्य संस्थामाथि आक्रमण भएको भन्दै चिन्ता व्यक्त गर्दै तत्काल रोक्न आग्रह गरेका छन्।


